सडक दुर्घटनामा चालक घाइते

मदारीहाट : मदारीहाट एसियन हाइवेमा आइतबार सडक दुर्घटनामा एकजना ट्रक चालक घाइते भएका छन्। प्राप्त जानकारीअनुसार मदारीहाट एसियन हाइवेमा असमदेखि वीरपाड़ागामी एउटा ट्रक अनियन्त्रित भएर सडक किनारमा राखिएको अर्को ट्रकलाई धक्का दिँदा दुईवटै ट्रक क्षतिग्रस्त हुनको साथै वीरपाडागामी ट्रकको चालक पनि घाइते भएका छन्। घटनाको खबर पाएर मदारीहाट थाना पुलिस घटनास्थलमा पुगेर चालकलाई उद्धार गरेर नजिकैको स्वास्थ्य केन्द्रमा भर्ना गरिएको छ। पुलिसले ट्रकलाई आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.