सड़क दुर्घटनामा सिभिक पुलिसको मृत्यु

खरसाङ : खरसाङ तीनधारेको चुनभट्टी गोलाईमा आज दिउँसो भएको दुर्घटनामा एकजना सिभिक पुलिसको घटनास्थलमा नै मृत्यु भएको छ। घटनाक्रम अनुसार तीनधारे शंकर निवासका सिभिक पुलिस सन्तोष दास तीनधारेबाट बाइकमा ओह्रालो गइरहेको समय चुनभट्टी गोलाई पुग्दा तलबाट आइरहेको बलुवा बोकेको टिप्परले धक्का दिँदा तिनको घटनास्थलमा नै मृत्यु भएको स्थानीयहरूले बताए। पुलिस सुत्रले दिएको जानकारी अनुसार आज दिउँसो टिप्परसित ठोक्किँदा बाइकमा सवार सिभिक पुलिस सन्तोष दासको निधन भएको छ। घटनापछि टिप्परको चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको स्थानीयहरूले बताएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.