शहरलाई सुन्दर बनाउनका लागि “एई प्रजन्म” को नयाँ पहल

सिलगढी : शहरको वातावरणलाई स्वच्छ राख्नकाa लागि स्वयंसेवी संस्था “एई प्रजन्म” ले कदम उठाएको छ। हालसम्म यस संस्थाका सदस्यहरू प्रत्येक शनिबार सिलगढीको हाशमीचौकमा आफ्नो मागहरूलाई लिएर प्ला कार्ड बोकेर उभिने गर्दथे तर अब संस्थाका सदस्यहरूले शहरको विकासको हितमा आफ्नो मागको समर्थनमा विभिन्न प्रबन्धकहरूलाई भेटेर ज्ञापन पत्र सुम्पिने भएका छन्। तिनीहरूको नदीको प्रदुर्षण रोक्ने, ट्राफिक व्यवस्था, प्लास्टिकको उपयोग, ध्वनि प्रदूषण अनि पानी सम्बन्धित विभिन्न मागहरू सामेल छन्। एई प्रजन्म संगठन-का शंकर घोषले बताए अनुसार भोली बिहिबार बेलुकी संस्थाका सदस्यहरूले सिलगढी नगर निगमको मेयरलाई एउटा ज्ञापन पत्र सुम्पिने छन्। यसबाहेक सिलगढी पुलिस कमिश्नरेट, एसजेडीए अनि आरटीओ कार्यालयमा पनि ज्ञापन सुम्पिने तिनीहरूको योजना रहेको छ। यदि माग पूरा नभए तिनीहरू कार्यालयको बाहिर प्ला कार्ड लिएर उभिने भएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.