सांसद विष्टलाई कालो झण्डा देखाएर अघि जान दिएनन् गोजमुमो विनय समर्थकहरूले

कालेबुङ : दार्जिलिङका सांसद राजु विष्ट आफ्ना समर्थकहरूसँग रेलिङमा हुने एउटा कार्यक्रममा अंश ग्रहण गर्न गइरहेको समय भर्खरै विनय पन्थी गोजमुमो समर्थकहरूले यहाँको सिञ्जीमा रोक्नको साथै कालो झण्डा देखाएर विरोध प्रदर्शनी गरे। यस अवधि सांसदसँग गएका भाजपा समर्थकहरूसित तिनीहरूको झड़प भएको समाचार प्राप्त भएको छ।


स्थितिलाई नियन्त्रणमा ल्याउन तत्कालै धेरै संख्यामा पुलिस बल खटाइएको छ। उक्त घटनापछि सांसद राजु विष्ट आफ्नो पूर्व निर्धारित कार्यक्रममा अंश ग्रहण गर्न नपाई तिनी त्यहीँबाट फर्किए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.