सरकारी काममा लापर्वाही सहन नगरिने : मुख्यमन्त्री

सिलगढी : सरकारी काममा लापर्वाही सहन नगरिने साथै आवश्यक परेको खण्डमा लापर्वाही गर्नेविरुद्ध कठोर कदम उठाइने मुख्यमन्त्री ममता ब्यानर्जीले कर्मचारीहरूलाई चेताउनी दिएकी छन्। मंगलबार मुख्यमन्त्रीले उत्तरकन्यामा उत्तर बंगालका 3 वटा जिल्ला अलिपुरद्वार, कुचबिहार र जलपाईगढीका प्रशासन अधिकारीहरूलाई लिएर एउटा प्रशासनिक बैठक गरिन्। बैठकमा प्रशासनका ठुला-साना सबै अधिकारीहरू उपस्थित थिए। अपरान्ह 2 बजीदेखि शुरू गरिएको उक्त बैठकमा मुख्यमन्त्रीले विभिन्न विभागहरू एवम् प्रशासनिक अधिकारीहरूबाट विभिन्न सरकारी कार्यहरूबारे जानकारी लिइन्।


रोजगार गारन्टी योजना, स्वास्थ्य साथी योजना, स्वास्थ्य बीमा योजना, कृषक बन्धु योजना, निर्मल बङ्ग्ला योजनालगायत वृद्ध एवम् विधवा भत्ता आदिको बारेमा पनि मुख्यमन्त्रीले अधिकारीहरूसँग कुराकानी गरिन्। यसपछि मुख्यमन्त्रीले अधिकारीहरूलाई जनहितमा सबै सरकारी कार्य चाँड़ोभन्दा चाँड़ो समाप्त गर्नुपर्ने आदेश दिइन्। उक्त कार्यमा यदि कुनै प्रकारको लापर्वाही गरेको खण्डमा कठोर कार्वाही गरिने बताइन्। यसको साथै भूमि सम्बन्धी समस्याहरूलगायत अन्य मामिलालाई चाँड़ै समाधान गर्ने तिनले आदेश दिइन्। बैठकपछि मुख्यमन्त्री आज सोझै खरसाङको लागि प्रस्थान गरिन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.