ससुरालमै अन्य गृहिणीसँग आपत्तिजनक अवस्थामा लोग्ने

कालियागञ्ज : ससुरालमा स्वास्नीसँग भेट्न गएका लोग्नेलाई आफ्नै साथीको स्वास्नीसँग आपत्तिजनक अवस्थामा भेट्टाएपछि आक्रोशित गाउँलेहरूले अवैध सम्बन्धमा लिप्त दुवैलाई पक्रेर रुखमा बाँधेर राखेको घटना प्रकाशमा आएको छ। यसबारे पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर दुवैलाई हिरासतमा लिएको छ। उक्त घटना उत्तर दिनाजपुर जिल्लाको कालियागञ्ज अन्तर्गत पर्ने मुस्तफानगर पञ्चायतको पूर्व पालपाड़ा इलाकामा घटेको हो। प्राप्त जानकारीअनुसार निमाई सन्यासी नाम गरेको एकजना युवकलाई त्यहीँ गाउँको एउटी गृहणीसँग आपत्तिजनक अवस्थामा भेट्टाएको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.