स्कूलको बाथरूममा लडेर 6 वर्षीय विद्यार्थीको मृत्यु

सिलगढी : सिलगढी संलग्न बाघडुग्राको एउटा गैर सरकारी स्कुलमा अध्ययनरत् 6 वर्षीय बालकको अस्वभाविक मृत्युको घटना प्रकाशमा आएपछि शोकको लहर छाएको छ। प्राप्त जानकारी अनुसार गैर सरकारी एउटा स्कूलको केजीमा अध्ययनरत अविघ्न गौतम नाम गरेको छात्र टिफिन टाइममा बाथरूम गएको समय बाथरूममा लडेपछि स्कूल कर्तृपक्षले तिनलाई तत्कालै बाघडुग्रा ब्लक अस्पतालमा लगे तापनि तिनको स्वास्थ्यमा सुधार नभएपछि मतिगढा संलग्न एउटा गैर सरकारी अस्पतालमा लैजाँदा बाटोमै मृत्यु भएको बताइएको छ। अर्कोतिर, उक्त विद्यार्थी लडेको केही समय बितिसक्दा मात्र स्कूल कर्तृपक्षले परिवारका सदस्यहरूलाई खबर दिएको साथै बालकको अवस्था गम्भीर रहेकोबारे पनि परिवारका सदस्यहरूलाई नबताएको परिवारका सदस्यहरूको आरोप रहेको छ। बाघडुग्रा थाना पुलिसले छात्रको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त घटनाको सम्बन्धमा स्कूलको प्रधानाध्यापिकाले स्कूल प्रबन्धनको कुनै लापरवाही नरहेको साथै बालक अचानक बाथरूममा लडेपछि तत्कालै तिनलाई अस्पताल पुऱ्याइएको बताइन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.