स्कुललाई वाटर फिल्टर प्रदान

सिलगढी : निलनलिनी स्कुलका विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर लाइन्स क्लब अफ् सिलगढी ग्रेटर फेमिनाको तर्फबाट चिसो अनि तातो पानीको फिल्टर प्रदान गरियो। बिहिबार उक्त फिल्टरको उद्घाटन गरियो। प्रत्येक वर्ष यस प्रकारको समाजिक सेवाहरू प्रदान गर्ने गरेको संगठनका सदस्यहरूले बताए। यस अवसरमा डीआई राजीव प्रामाणिक, स्कुल म्यानेजिङ कमिटिका सदस्य अरिन्दम राय, म्यानेजिङ कमिटिका अध्यक्ष कमल कर्माकर लगायत स्कुलका शिक्षक-शिक्षिका, विद्यार्थी, संगठनका सदस्यहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.