स्कुल प्राङ्गणमा बम भेट्टाएपछि सनसनी

कुचबिहार : कुचबिहार एक नम्बर प्रखण्डको घेखिरघाट जुनियर हाई स्कुलको प्राङ्गणमा शनिबार बिहान बम भेट्टाएपछि उक्त क्षेत्रमा सनसनी मच्चियो। स्कुल प्राङ्गणमा बम भेट्टाएको खबर फैलिएपछि शिक्षकहरूले स्कुल छुट्टी दिएको बताइएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार शनिबार बिहान एकजना बालक विद्यालयको मैदानमा खेलिरहेको समय बम देखेपछि उक्त बालकले त्यसलाई गोली सम्झेर खेल्न थाले। परिवारका सदस्यले बालक बमसँग खेलिरहेको देखेपछि तत्कालै बमलाई पानीको बाल्टीमा हालिदिएपछि घटनाबारे पुलिसलाई जानकारी गराए। घटनाको खबर पाएपछि आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर बम उद्धार गरेर लगेपछि तोर्षा नदीमा उक्त बम निष्क्रिय गरेको समाचार प्राप्त भएको छ। यसको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। यस घटनापछि स्कुलका शिक्षकलगायत इलाकावासीहरू आतङ्कित बनेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.