एसडीएफ-का 10 विधायक भाजपामा सामेल

सिक्किम : सिक्किममा पनि भाजपालाई ठुलो सफलता हात लागेको छ। सिक्किमको सिक्किम डेमोक्रेटिक फ्रन्टका 10 जना विधायक भाजपामा सामेल भए। प्राप्त जानकारीअनुसार पूर्व मुख्यमन्त्री तथा एसडीएफ-का अध्यक्ष पवन कुमार चामलिङलगायत पाँचजना विधायक छोडेर अन्य सबैजना भाजपामा सामेल भएका छन्। भाजपामा सामेल हुने 10 विधायकहरूले भाजपा कार्यकारी अध्यक्ष जेपी नड्डा अनि भाजपा महासचिव राम माधवको उपस्थितिमा आफ्नो पार्टी त्यागेर भाजपाको झण्डा समाए। स्मरण रहोस्, गत मई महिनामा भएको सिक्किमको 32 वटा आसन रहेको विधानसभाको चुनाउमा 15 आसनमा एसडीएफ-ले विजय हासिल गरेको थियो भने सत्तारूढ एसकेएम-ले 17 वटा आसन जितेर सरकार गठन गरेको थियो।


सिक्किममा विगत 25 वर्ष अघिदेखि लगातार सत्ता सम्हाल्दै आइरहेको एसडीएफ पार्टीको गत मई महिनामा सम्पन्न चुनाउमा पराजयको सामना गर्न परेपछि एसडीएफ अध्यक्ष पवन चामलिङले चुनाउ आयोग समक्ष प्रेमसिंह तामाङलाई चुनाउ लड्नबाट वञ्चित गर्नपर्ने माग गरेका थिए। तथापि, उक्त मागलाई अस्वीकार गरेपछि एसकेएम अध्यक्ष प्रेमसिंह तामाङले गत 27 मईको दिन मुख्यमन्त्रीको पदभार सम्हालेका थिए। स्मरण रहोस्, प्रेमसिंह तामाङ भ्रष्टाचारको मामिलामा दोषी भेट्टाएपछि तिनलाई चुनाउ लड्नका लागि अयोग्य ठहर गरिएको थियो। तिनी आफ्नो मुख्यमन्त्रीको पदमा यथावत् रहनका लागि आउँदो 6 महिनाको अवधिमा हुने विधानसभा चुनाउ लडेर विजयी बन्नु पर्नेछ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.