सिक्किममा गरिब आवास योजना मार्फत् 15 लाखसहित समानहरू दिइने

गान्तोक : सिक्किमको नयाँ सत्तारूढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)-को सरकारले यहाँका गरिब मानिसहरूको लागि नयाँ आवास योजनाको घोषणा गरेको छ। सिक्किमका मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष पीएस गोलेले सरकारी आवास योजनाको नाम परिवर्तन गरेर अब यसको नाम सिक्किम गरिब आवास योजना राखेको छ भने यसमार्फत् प्रत्येक गरिब परिवारलाई 15 लाख रुपियाँ दिइने भएको छ। यसको साथै सरकारले घरमा चाहिने अन्य सर-सामानहरूसहित टेलिभिजन पनि सिक्किमे जनतालाई प्रदान गर्ने भएको छ। सिक्किमको प्रत्येक जनताले नै राम्रो घरमा बस्नको साथै तिनीहरूले वर्तमान युगमा टीभी हेरेर विभिन्न विषयहरूको जानकारी लिनको साथै मनोरञ्जन पनि गर्न सकोस् भन्ने सरकारको प्रमुख उद्देश्य रहेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.