सिलगढीमा बेहोश पारेर गर-गहनाहरू लुटपाट

सिलगढी : सिलगढीको सुभाषपल्लीमा दम्पत्तिलाई बेहोश बनाएर लुटपाट गरेको घटना प्रकासमा आएको छ। मंगलबार बिहान साढ़े दस बजी दुष्कृतिहरूले दीपेन्द्रनाथ भट्टाचार्यको घरमा पसेर आफ्नो परिचय सेल्सम्यानको रूपमा दिए। उक्त दुष्कृतिहरूले दीपेन्द्रनाथ भट्टाचार्य अनि तिनको पत्नीलाई बेहोश बनाएर घरबाट सबै मूल्यवान गर-गहनाहरू चोरेर चम्पट कसेको बताइएको छ। पछि तिनीहरू होशमा आएपछि पति-पत्नीले उक्त घटनाबारे सिलगढी थानामा खबर दिएपछि घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर घटनाबारे जाँच गर्नको साथै आरोपीहरूको खोजीमा जुटेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.