सिलगढीको नयाँ बजार लुटपाट काण्डमा अझ एकजना पक्राउ

सिलगढी : सिलगढीको नयाँ बजारमा दिउँसो एकजना व्यवसायीलाई लुट्ने प्रयास गरेको मामिलामा पुलिसले अझ एकजना आरोपीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 5 दिनको पुलिस रिमान्डमा लिएको छ। पक्रा परेका व्यक्ति सिलगढीको 3 नम्बर वार्ड निवासी सन्तोष गुप्ता उर्फ चुटकीको रूपमा सामेल छन्। स्मरण रहोस्, गत केही दिन अघि नयाँ बाजारमा दिउँसो  एकजना व्यवसायीलाई लुट्ने प्रसास गरेरो मामिलामा पुलिसले अगावै 5 जनालाई पक्राउ गरिसकेको छ भने अन्य एकजना आरोपी निखोज थिए। अन्ततः पुलिसले छैटौँ आरोपीलाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *