सिलगढ़ीको सड़क दुर्घटनामा एक मरे, एकजना घाइते

सिलगढी : एनजेपी डीएसएस कलोनी ईलाकामा आज बिहान सड़क दुर्घटनामा साउथ कलोनी निवासी 65 वर्षीय जतिन रायको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान जतिन राय बाइकमा सवार भएर एकजना व्यक्तिलाई काममा लिएर गइरहेको समय एनजेपी तर्फबाट आइरहेको एउटा तेलको ट्याङ्करले तिनको बाइकलाई धक्का दिँदा घटनास्थलमा नै तिनको मृत्यु भएको बताइएको छ। बाइकमा सवार अन्य व्यक्ति गम्भीर रुपले घाइते भएका छन्। स्थानीय मानिसहरूको सहायतामा घाइते व्यक्तिलाई रेलवे अस्पतालमा भर्ना गरिएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबङ्ग मेडिकल कलेज एवम् अस्पताल पठाउनको साथै पुलिसले ट्याङ्कर जफत गरेको छ। तथापि, दुर्घटना पछि ट्याङ्करको चालकले सुइँकुच्चा ठोकेको बताइएको छ। स्थानीय मानिसहरूले बारम्बार यसप्रकारको दुर्घटनामा मानिसहरूको ज्यान गइरहेको आरोप लगाउँदै एनजीपी भीआईपी रोडमा स्पीडब्रेकर बनाउने माग गरेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.