सिलगढीमा 28औँ फुलपाती शोभायात्रा सांस्कृतिक उत्सव 2019

सिलगढी : सिलगढी भानुभक्त समिति तथा सिलगढी फुलपाती शोभायात्रा उत्सव समितिको संयुक्त तत्तावावधानमा शनिबार बड़ो हर्षोल्लासको साथमा 28औँ फुलपाती शोभायात्रा सांस्कृतिक उत्सव 2019 निकालियो। शनिबार सिलगढी फुलपाती शोभायात्रामा विविध संघ-संस्थाका सदस्यहरूले विभिन्न झाँकीको साथमा महासप्तमीको दिन आज माता दुर्गाको रथको साथमा विभिन्न सांस्कृतिक बाजा-गाजाहरूको साथमा नौमती बाजा बजाउँदै नेपाली समुदायका मानिसहरूले आआफ्नो जातीय भेष-भूषामा सजिएर शोभायात्रा निकाले। उक्त शोभायात्रामा मानिसहरू सांस्कृतिक धुनमा मुग्ध भएर नाच्दै-गाउँदै बड़ो हर्षोल्लासको साथमा हिँडिरहेको देखियो। उक्त शोभायात्रामा सिलगढीको प्रधाननगरस्थित रवि रत्न बालिका विद्यालयबाट शुरू भएर धुप कम्पनी रोड, निवेदिता रोड हुँदै हिलकार्ट रोड, सेभोक रोड परिक्रममा गरेर अन्तमा शुरू गरेकै ठाउँमा पुगेर समापन गरियो। यसपछि समितिको तर्फबाट दिउँसोको भोजनपछि विविध सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिने भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.