सिलगढीमा ब्लाइन्ड क्रिकेट टुर्नामेन्टको आयोजना गरिने

सिलगढी : नेत्रहीन र दिव्याङ्ग खेलाडीहरूद्वारा सजिएको बेंगाल रेड, बेंगाल ग्रीन अनि बेंगाल ब्लु यी तीनवटा टीमहरूले क्रिकेट टुर्नामेन्टमा भाग लिने भएको छ। आगामी 19 र 20 अक्टोबरको दिन सिलगढीको कलेज मैदानमा ब्लाइन्ड क्रिकेट टुर्नामेन्ट आयोजित हुने भएको छ। सिलगढी क्रिकेट लभर्स वेलफेयर अर्गनाइजेशन एवम् सिलगढी युनिक सोसियल वेलफेयर सोसाइटीको संयुक्त तत्वावधानमा उक्त पहल गरिएको हो। यसभन्दा अघि विगत 1996 सालमा उक्त प्रतियोगिता गरिएको थियो।


सोमबार सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सिलगढी क्रिकेट लभर्स वेलफेयर अर्गनाइजेशनका अध्यक्ष तथा पूर्व क्रिकेटर मनोज बर्माले यसको जानकारी दिए। यस क्रिकेट टुर्नामेन्टमा सिलगढी, कलकत्तालगायत उत्तरबङ्गालको मोठ 50 जना खेलाडीहरूले भाग लिने भएका छन्। यस टुर्नामेन्टमा मुख्य अतिथिको रूपमा ब्लाइन्ड क्रिकेट वर्ल्ड कप 2018 च्याम्पियन टोलीका खेलाडी सुरजीत गाहारा उपस्थित हुने भएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.