सिलगढीमा छात्रको अस्वाभाविक मृत्यु

सिलगढी : सिलगढीमा एकजना छात्रको अस्वाभाविक मृत्युको घटनाले इलाकामा शोकको लहर छाएको छ। मृतक छात्र सेभोक रोड इलाका निवासी सौम्यद्वीप ब्यानर्जीको रूपमा चिन्हित भएको छ। उक्त मृतक छात्र सिलगढीको इस्टन बाइपास संलग्न एउटा गैर सरकारी स्कुलका छात्र थिए। प्राप्त जानकारीअनुसार शुक्रबार स्कुलको टिफिन टाइममा खेल्न जाँदा अचानक तिनी अस्वस्थ्य भएपछि स्कुलका कर्तृपक्षले तिनलाई तत्कालै सिलगढीको एउटा नर्सिङ होममा लगे तापनि त्यहाँका डाक्टरले मृत घोषित गरिदिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.