सिलगढीमा डेङ्गु सम्बन्धी बैठक

सिलगढी : सिलगढीका बोरो चेयरम्यान निखिल साहानीले आफू अस्वस्थ रहे तापनि डेङ्गु सम्बन्धी मंगलबार कर्पोरेशनको एउटा बैठक गरे। बैठक अवधि बोरो चेयरम्यान निखिल साहानीले आउँदो दिनहरूमा कर्पोरेशनको सहयोगमा डेङ्गु प्रतिरोध गर्नका लागि टाक्स फोर्स गठन गरिनेछ। डेङ्गुलाई रोकथाम गर्नको लागि उक्त गठन गरिने टाक्स फोर्सले मुख्य रूपमा कार्य गर्ने तिनले बताए। उक्त बैठकमा सिलगढीका मेयर अशोक भट्टाचार्यलगायत सीपीएमका काउन्सिलरहरू, मेयर परिषद् परिमल मित्र उपस्थित रहे तापनि कांग्रेस अनि तृणमूल कांग्रेसका काउन्सिलहरू भने बैठकमा उपस्थित थिएनन्। अगस्त महिनालाई डेङ्गु प्रभावित महिना मानिलिए तापनि कांग्रेस अनि तृणमूल कांग्रेसका काउन्सिलरहरू यति महत्वपूर्ण बैठकमा किन सामेल भएन भन्नेबारेमा पनि व्यापक चर्चा परिचर्चा गरियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.