सिलगढी महावीरस्थानका व्यापारीहरूले गरे पथ अवरोध

सिलगढी : सिलगढीको महाबीरस्थानमा दोकान नजिक फोहोर मैला फ्याँकिएको कारणले गर्दा व्यवसायी अनि स्थानीय मानिसहरूलाई धेरै समस्याहरू भइरहेको छ। नगरनिगमद्वारा त्यहाँ मैला फ्याँकिएकोले गर्दा शनिबार स्थानीय मानिसहरूले क्षोभ प्रकट गर्नको साथै महाबीरस्थानमा पथ अवरोध गरे। घटनाको जानकारी पाएर पुलिस अनि बोरो कमिटीका अधिकारीहरू घटनास्थलमा पुगेर त्यहाँका व्यवसायीहरूसँग कुराकानी गरेपछि पथ अवरोध हटाएको बताइएको छ। यसको साथै नगरनिगमको तर्फबाट त्यहाँ थुप्रिएको फोहोर मैला पनि सफा गरियो। व्यवसायीहरूले लामो समयसम्म फोहोर मैला त्यहाँ थुप्रिरहने गरेकोले गर्दा तिनीहरूलाई समस्या भइरहेको आरोप लगाएका छन्। यसबारे विभिन्न विभागहरूमा जानकारी गराए तापनि कुनै उचित पहल नगरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.