सिलगढीमा कन्याश्री दिवस पालन

सिलगढी : राज्यका विभिन्न ठाउँहरूमाझैँ सिलगढीमा पनि कन्याश्री दिवस मनाइयो। सिलगढीको दीनबन्धु मञ्चमा कन्याश्री दिवसको अवसरमा बुधबार एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा राज्यका पर्यटन मन्त्री गौतम देवले बताएअनुसार 6 वर्षअघि पश्चिम बङ्गाल राज्यको बालिकाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य लिएर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कन्याश्री योजना शुरू गरेको थियो। कन्याश्री योजनामार्फत् 6 वर्षको अवधि राज्यमा लगभग 60 लाख बालिकाहरूले यसको लाभ उठाइसकेको तिनले अवगत गराए। आजको कार्यक्रममा माध्यमिक परीक्षामा जिल्लामा प्रथम स्थान प्राप्त गर्ने स्वपना हलदरलाई पनि पुरस्कृत गरियो। यसबाहेक 4 सय मिटर दौड़, क्वीज़ तथा अन्य प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पनि मन्त्री देवले पुरस्कार प्रदान गरे। उक्त कार्यक्रममा राज्यका पर्यटन मन्त्री गौतम देवलगायत सिलगढी महकुमा शासक समन्त सहाय अनि अन्य केही विशिष्ट व्यक्तिहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.