सिलगढी : देशभरिमा झैँ यता सिलगढीमा पनि मुस्लिम समुदायका मानिसहरूले ईद-उल-आजहा, ईद-उल-फितर पालन गरे। यस पर्वलाई बकरीद अर्थात् कुर्बानी ईद पनि भन्ने गरिन्छ। ईद-उल-आजहा पर्वको अवसरमा आज बिहानैदेखि धेरै संख्यामा मुस्लिम समुदायका मानिसहरू नमाज पढ्नको लागि सिलगढीको सफदर हास्मी चोकको छेउमा रहेको जामा मस्जिदमा आएका थिए। नमाज पढेपछि सबैले एकाअर्कालाई आलिङ्गन गर्दै ईदको शुभकामना दिए। यसबाहेक सिलगढीको 40 नम्बर वार्ड स्थित अशरफ नगरमा पनि मुस्लिम समुदायका मानिसहरूले ईद मनाए। आज बिहानैदेखि अशरफुल मस्जिदमा नमाज अदा गरेपछि एकाअर्कालाई ईदको शुभकामना दिए। राज्य सरकारले बकरीदको अवसरमा छुट्टीको घोषणा गरेको छ।