सिलगढीमा नयाँ म्याक्सी क्याब र स्थायी नम्बर भएको ई-रिक्शा चल्ने

सिलगढी : सिलगढी शहरको सड़कहरूमा पुरानो सिटी अटोको बद्ली नयाँ बीएस मोडलको म्याक्सी क्याब र स्थायी नम्बर भएको ई-रिक्शा आएको छ। मंगलबार सिलगढीको कोर्टमोडमा एउटा कार्यक्रमको माध्यमद्वारा राज्यका पर्यटन मन्त्री गौतम देवले चालकहरूलाई नयाँ वाहनहरूको चाबी प्रदान गरे। मंगलबार 11 वटा ई-रिक्शा अनि 8 वटा म्याक्सी क्याबको चालकहरूलाई चाबी प्रदान गरियो। अघिल्लो एक महीनामा पूरा प्रक्रिया सम्पन्न हुने आशा रहेको मन्त्री देवले बताए। यसको साथै सबै पुरानो सिटी अटोको बदली शहरमा नयाँ म्याक्सी क्याब अनि स्थायी नम्बर भएको ई-रिक्शा सिलगढीको सड़कहरूमा देखिनेछ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.