सिलगढीमा प्लास्टिकको प्रयोगमा रोकथाम गर्न अभियान जारी

सिलगढी : सिलगढी सहरमा प्लास्टिकको प्रयोगलाई रोकथाम गर्ने उद्देश्य लिएर सिलगढी नगरनिगमको तर्फबाट लगातार अभियान चलाइरहेको छ। यसै क्रममा मंगलबार नगरनिगमको सम्बन्धित कार्यालयको तर्फबाट सिलगढीको प्रधाननगर एवम् जङ्क्सन इलाकामा अभियान चलाएर लगभग 117 केजी प्रतिबन्धित प्लास्टिकको क्यारीब्याग जफत गरेको छ। यसको साथै यहाँको केही दोकानदारहरूलाई जरिमाना समेत लगाइएको बताइएको छ। सिलगढी सहरमा प्लास्टिकको प्रयोगमा रोकथाम लगाउन यसप्रकारको अभियान लगातार जारी रहने छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.