सिलगढीमा रेफरिज एन्ड अम्पायर्स संस्थाको पहलमा शिविरको आयोजना

सिलगढी : सिलगढी रेफरिज एन्ड अम्पायर्स संस्थाको पहलमा आज उत्तरबंग रेफरी विकास योजना शिविरको आयोजना गरियो। देशबन्धुपाडा दादाभाई स्पोर्टिङ क्लब मैदानमा आयोजना गरिएको उक्त 7 दिने शिविरको मेयर गौतम देवले उद्घाटन गरे। उत्तर बङ्गालको विभिन्न जिल्लाबाट लगभग 26 जनाले उक्त शिविरमा अंश ग्रहण गरेको छ भने शिविरमा कोलकाताको विशिष्ट दुईजना प्रशिक्षक पनि उपस्थित छन्। यस अवसरमा मेयर गौतम देवले भने, रेफरीहरूको लागि शारीरिक फिटनेस अति अनिवार्य रहेकोले यसलाई कायम राख्नको लागि यस प्रकारको फिटनेस शिविरको आयोजना गरिएको हो। रेफरी तथा अम्पायरहरूले फिटनेसलाई ध्यान दिनु अति जरूरी छ। शिविरको उद्घाटन कार्यक्रममा मेयर परिषद दिलीप बर्मन, रेफरिज एन्ड अम्पायर्स संस्थाका सभापति राना दे सरकार लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *