सिलगढीमा एसयुसीआई-को प्रतिवाद दिवस

सिलगढी : सिलगढीमा दार्जिलिङ जिल्ला एसयुसीआईका सदस्यहरूले कश्मिरमा 370 धारा हटाएको, श्रमिक स्वार्थ विरोधी श्रम ऐन पार्लिमेन्टमा युएपीए बीलको विरोधलगायत अन्य मागहरूलाई लिएर मंगलबार आन्दोलन गर्यो। एसयुसीआई-का सदस्यहरूले आगामी 15 अगस्तसम्म एउटा प्रतिवाद दिवसको आयोजना गरेको छ। उक्त प्रतिवाद दिवसको एउटा अंशको रूपमा मंगलबार सिलगढी कोर्ट मोडमा विक्षोभ सभाको आयोजना गरियो। त्यसपछि एसयुसीआई-का सदस्यहरूले एउटा र्‍यालीको आयोजना गरेर सिलगढीको विभिन्न पथहरूको परिक्रमा गरे। यस अवसरमा संगठनका जिल्ला सचिव गौतम भट्टाचार्यलगायत अन्य सदस्यहरू उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.