सिलगढीमा ‘उदय शङ्कर डान्स फेस्टिभल’-को आयोजना गरिने

सिलगढी : अन्य आलो संस्थाको तर्फबाट समाजमा लुप्त हुँदै गइरहेको संस्कृतिलाई जोगाइ राख्ने उद्देश्य लिएर दुईदिने सांस्कृतिक सन्ध्या उदय शङ्कर डान्स फेस्टिभल-को आयोजना गरिने भएको छ। आगामी 10 र 11 दिसम्बरको दिन सिलगढीको दीनबन्धु मञ्चमा उक्त सांस्कृतिक सन्ध्याको आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर संस्थाका देवाशीष दे-ले यसबारे जानकारी गराए। उक्त सांस्कृतिक सन्ध्यामा उत्तरबंगालका विभिन्न स्कुलका विद्यार्थीहरूले अंश ग्रहण गर्ने भएका छन्। उक्त सांस्कृतिक सन्ध्या कार्यक्रमको राज्यका पर्यटन मन्त्री गौतम देवले उद्घाटन गर्ने बताइएको छ।


 

 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.