एसजेडीए-मा भ्रष्टाचार भएको भाजपाको आरोप

एसजेडीएविरुद्ध व्यापक भ्रष्टाचारको आरोप लगाउँदै यसको सीबीआई जाँच हुनुपर्ने माग उठेको छ। यसको साथै भ्रष्टाचारमा संलग्न रहेका दोषीहरूलाई पक्राउ गर्नुपर्ने भारतीय जनता पार्टीका राज्य महासचिव राजु ब्यानर्जीले माग गरेका छन्। बिहिबार बिहान भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष अभिजीत राय चौधरी अनि राज्य महासचिव राजु ब्यानर्जीको नेतृत्वमा भाजपाका कार्यकर्ताहरूले सिलगढीको भेनस मोडदेखि एउटा र्‍याली निकालेर एसजेडीए कार्यालयमा पुगेर समापन गरे। यस अवसरमा संगठनको तर्फबाट एसजेडीए चेयरम्यानलाई ज्ञापन पत्र पनि चढाइयो। यसपछि पत्रकारहरूसँग कुराकानी गर्दै पार्टीका महासचिव ब्यानर्जीले एसजेडीएले करोडौँ रुपियाँको घोटाला गरेको साथै यसको सीबीआई जाँच हुनुपर्ने बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.