एसएनटी बस र वाहन दुर्घटनामा घाइते भएकाहरूलाई टिस्टा-रङ्गीत रेस्क्यु टोलीको सहयोगमा पुर्‍याइयो अस्पताल

रम्फू: सिक्किमको गान्तोकदेखि सिलगढीतर्फ आइरहेको एसएनटी बस र ट्याक्सी वाहन (जाइलो) आज दिउँसो राष्ट्रिय राजमार्ग 10 अन्तर्गत तार खोला नजिक ठोक्किएपछि चालकसहित घाइते भएका दर्जनौँ मानिसहरूलाई टिस्टा-रङ्गीत रेस्क्यु टोलीका सदस्यहरूले उद्धार गरेर आफ्नो एम्बुलेन्समार्फत् रम्फू अस्पतालमा तत्कालै पुर्‍याए। टिस्टा-रङ्गीत रेस्क्यु टोलीका प्रमुख शान्ति राईले दिएको जानकारी अनुसार राष्ट्रिय राजमार्ग 10-मा वाहन दुर्घटना भएको खबर ट्रक ड्राइभरहरूले आफूहरूलाई दिएपछि तत्कालै एम्बुलेन्स लिएर घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर सर्वप्रथम रम्फू सिक्किम अस्पतालमा पुर्‍याइएको अनि त्यहाँबाट पनि कतिपय गम्भीर घाइते अवस्थामा रहेकाहरूलाई सिङ्ताम अस्पतालमा लगिएको छ। दुर्घटनामा घाइते हुनेहरूमा चालक लगायत 16 जना यात्रीहरू सामेल रहेका छन्। तीमध्ये केही घाइतेहरूको अवस्था सोचनीय रहे तापनि तिनीहरूलाई तत्कालै अस्पतालमा पुर्‍याउन सक्षम भएकोले गर्दा हाल तिनीहरूको अस्पतालमा चिकित्सा चलिरहेको जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubaywin girişmatadorbet girişcasibomgrandpashabet giriş