एसटी, एससी, ओबीसी-को प्रमाणपत्रबारे शिविर

दार्जिलिङ : दार्जिलिङ जिल्लाका विभिन्न क्षेत्रमा विशेष गरेर विविध तहमा हाल अध्ययनरत अधिकजसो विद्यार्थीहरूले आफ्नो जातगत (एसटी, एससी, ओबीसी आदि) प्रमाणपत्र नभएकोले गर्दा सरकारी सहुलियत एवम् सुविधाबाट वञ्चित बन्न पुगिरहेको साथै कतिपय विद्यार्थीहरूलाई भर्ना हुनसमेत असुविधा पुगिरहेको गुनासो रहेको छ। यसै कुरालाई ध्यानमा राखेर दार्जिलिङ जिल्लाको रङ्ली-रङ्लियट ब्लक कार्यालयको पछौटे जाति अनि जन कल्याण विभाग (बीसीडब्ल्यू)-को आयोजनामा विद्यार्थीहरूको अवश्यकतालाई ध्यानमा राखेर उक्त जातगत प्रमाणपत्र वितरण शिविरको आयोजना गरिने भएको छ। बीसीडब्ल्यू अधिकारी सुश्री फुर्मू डोल्मा लेप्चाले दिएको जानकारीअनुसार आगामी 15 जुलाईको दिन गेल भञ्ज्याङ कम्युनिटी हलमा अनि 19 जुलाईको दिन यसै ब्लकअन्तर्गत पर्ने लामाटा स्कुल नजिकैको कम्युनिटी हलमा प्रमाणपत्र वितरण शिविरको आयोजना गरिने भएको छ। उक्त शिविरमार्फत् आवश्यक पाँचौँदेखि पीएचडी तहसम्मका सबै विद्यार्थीहरूले फाइदा उठाउन सक्ने बीसीडब्ल्यू अधिकारी सुश्री लेप्चाले बताएकी छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.