सुस्मिता छेत्रीले हत्याइन् दुईवटा गोल्ड मेडल

सिलगढी : दार्जिलिङ जिल्लाको पानीघट्टा निवासी सुश्री सुस्मिता छेत्रीले सिक्किम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा देशका राष्ट्रपति रामनाथ कोविन्दको बाहुलीबाट दुईवटा गोल्ड मेडल हत्याएर सम्पूर्ण आफ्नो क्षेत्रलाई गौरान्वित तुल्याएको छ। पानीघट्टाका पिता सुनील छेत्री तथा माता बिनु छेत्रीकी सुपुत्री सुस्मिता छेत्रीले सिक्किम विश्वविद्यालयबाट बीएससी हर्टिकल्चर अनि एमएससी हर्टिकल्चरमा सबैभन्दा उच्च अङ्क हासिल गरेकी छन्।


उक्त दुईवटा गोल्ड मेडल हत्याउन सफल भएपछि तिनले यसको श्रेय आफ्नो माता पितालगायत परिवारका सदस्यहरू, शिक्षकगण तथा साथीहरूलाई दिएकी छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.