स्वनिर्भर समूहहरूलाई लिएर कार्यशालाको आयोजना

सुकेपोखरी : जोरबङ्लो सुकेपोखरी खण्ड अन्तर्गत बालसन सहकारी समितिको तत्वावधानमा प्रगति, प्रज्ञा र श्रद्धा स्वनिर्भर समूहलाई लिएर एउटा कार्यशालाको आयोजना गरियो। समितिका सभापति रामसिहँ लिम्बुको अध्यक्षतामा स्थानीय खस बोर्ड भवनमा सम्पन्न कार्यक्रममा समिति सचिव साङ्गे दोर्जे शेर्पा तथा निर्देशन मण्डलीका प्रतिनिधिहरू लगायत सुकेपोखरी खण्ड सहकारी ब्याङ्क फिल्ड अफिसर आनन्द खातीको विशेष उपस्थिति रहेको थियो। यस अवसरमा आनन्द खातीले उल्लेखित स्वनिर्भर दलहरूलाई दलको विविध कार्य प्रणालीबारे अवगत गराए। सभामा उपस्थित जीएलजी सदस्यहरूलाई पनि ऋण लगायत अन्य विषयमा सहकारी समितिको प्रावधानबारे जानकारी गराइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *