स्वतन्त्र दिवसलाई ध्यानमा राखेर जङ्गलमा कठोर पहरादारी शुरू

अलिपुरद्वार :  जङ्गलमा चोर तथा शिकारीहरूको प्रवेशमा रोकथाम लगाउने उद्देश्य लिएर जङ्गल संलग्न वनबस्ती, गाउँ तथा जङ्गल संलग्न चियाकमानमा वन विभाग र सीआईएफ-को संयुक्त पहलमा बुधबार बिहानदेखि पहरादारी शुरू गरेको छ। बुधबार बिहानैदेखि वन विभाग र सीआईएफ-को संयुक्त पहलमा अलिपुरद्वार जिल्लाको कोदालबस्ती रेन्जअन्तर्गत जङ्गल संलग्न गाउँ, चियाकमानहरूमा पहरादारी शुरू गरेको वन विभागले जनाएको छ।


वन विभाग सूत्रले दिएको जानकारीअनुसार उत्सव तथा पर्वको समय सबै मानिसहरू व्यस्त रहने हुनाले यसको फाइदा उठाएर चोर तथा शिकारीहरू जङ्गलमा गएर वन्य प्राणीलगायत मूल्यवान काठ-पात लैजाने गर्दछन्। यसैले गर्दा नै वन विभाग र सीआईएफ-को संयुक्त पहलमा स्वतन्त्रता दिवसको अवसरमा चोर तथा शिकारीहरू जङ्गलमा प्रवेश गर्न नसकोस् भन्ने उद्देश्य लिएर कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ।  वन तथा वन्य प्राणीहरूको संरक्षण गर्नु नै आफूहरूको मुख्य कर्तव्य रहेको वन विभागका कर्मचारीहरूको भनाइ रहेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.