टिस्टा नदीमा धातुको वस्तु भेट्टाइएको एनडीआरएफ-को दावी

सिलगढी : सेभोकस्थित टिस्टा नदीमा एनडीआरएफको टीमले खोजी अभियान चलाउँदा अवधि शनिबार नदीमा धातुको वस्तु भेट्टाइएको दावी गरेको छ। यद्धपि, उक्त वस्तु गत बुधबार राजस्थानबाट आएका पर्यटकहरू सवार भएको वाहन दुर्घटनामा झरेको इनोभाको हो अथवा होइन भन्नेबारे हालसम्म थाहा नलागेको बताइएको छ। यसलाई लिएर एनडीआरएफ-का तैराकीहरूले छानबीन जारी राखेको जानकारी प्राप्त भएको छ। लगातार पहाडी क्षेत्रमा भइरहेको वर्षाको कारण टिस्टा नदीको जलस्तर धेरै बढेकोले खोजी अभियानमा असुविधा पुगिरहेको छ। यसैले गर्दा जबसम्म टिस्टा नदीको जलस्तर कम्ति हुँदैन तबसम्म यसबारे स्पष्ट नहुने बताइएको छ। यसको साथै राज्य प्रशासनको तर्फबाट एनएचपीसी प्रबन्धनलाई ड्यामको पानी नछोडिदिने निर्देश दिएको थाहा लागेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.