ठाकुर पञ्चानन वर्माको 85औ मृत्यु वार्षिकी पालन

खोरीबारी: खोरीबारीको पञ्चानन स्मारक समितिको सौजन्यमा मनीषी ठाकुर पञ्चानन वर्माको 85 औ मृत्यु वार्षिकीको अवसरमा खोरीबारीमा आज एउटा कार्यक्रमको आयोजना गरियो। यस अवसरमा उपस्थित अतिथि तथा स्थानीय मानिसहरूले तिनको मूर्तीमा फूल-माला चढ़ाएर श्रद्धाञ्जलि अर्पण गरे। समितिका सचिव उत्तम राय सरकारले यसबारे जानकारी दिँदै कार्यक्रममा रक्तदान शिविरको पनि आयोजना गरिएको बताए। उक्त रक्तदान शिविरमा मोठ 33 जनाले स्वेच्छासँग रक्तदान गरे। यसवाहेक, शोभायात्रा तथा सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। यस अवधि कुल गुरु ज्योतिष चन्द्र अधिकारी, एसजेडीए चेयरम्यान विजय चन्द्र बर्मन, रायगञ्ज विश्वविद्यालयका डा. दीपक कुमार राय, समिति सभापति पञ्चानन राय सरकार लगायत अन्य अधिकारीगण तथा सदस्यहरू धेरै संख्यामा उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.