थेलेसिमिया रोगी निखोज, एनजेपी थानामा विरोध प्रदर्शनी

सिलगढी : गत सात दिनदेखि थेलेसिमिया रोगी कोहिनुर खातुन निखोज भएकी छन्। प्रशासनिक निष्क्रियताको कारण हालसम्म तिनको पत्तो नलागेको आरोप लगाउँदै साउथ कलोनी, श्रीवास कलोनीका मानिसहरूले आज एनजेपी थानामा विरोध प्रदर्शनी गरे। प्राप्त जानकारीअनुसार गत 29 नोभेम्बरदेखि कोहिनुर खातुन निखोज भएकी थिइन्। यसपछि स्थानीय मानिसहरूले घटनाबारे थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोग दर्ता गरेको आज सात दिन बितिसक्दा पनि कोहिनुरको कुनै पत्तो नलागेपछि स्थानीय मानिसहरू आक्रोशित भएर आज एनजेपी थानामा विरोध प्रदर्शनी गरेको बताइएको छ। यदि 2-3 दिनभित्रमा निखोज कोहिनुरको पत्तो नलागे तिनीहरूले थाना घेराउ गरेर विरोध प्रदर्शनी गर्नको साथै आवश्यक परेको खण्डमा अनशनमा बस्ने समेत चेताउनी दिएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.