तृणमूल कांग्रेसको विरोध र्‍याली

नक्सलबारी : नक्सलबारी अञ्चल तृणमूल कांग्रेसको तर्फबाट आज एनआरसीलगायत विभिन्न मुद्दाहरूलाई लिएर एउटा विरोध र्‍यालीको आयोजना गरियो। उक्त र्‍यालीले नक्सलबारीको विभिन्न क्षेत्रहरूको परिक्रमा गर्‍यो। एनआरसी लागू गर्ने, ग्यासको मूल्यमा वृद्धि आदिको विरोधमा उक्त र्‍यालीको आयोजना गरिएको हो। उक्त र्‍यालीमा नक्सलबारी प्रखण्ड तृणमूल कांग्रेस अध्यक्ष पृथ्वीश राय, अञ्चल अध्यक्ष अरुण घोष, वीरेन सरकार, सुमन राय, राजु विश्वास, राकेश घोष, विद्युत दासलगायत धेरै संख्यामा कार्यकर्ता उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.