त्रिपुरारी अथर्वले सम्हाले पुलिस कमिश्नरको कार्यभार

सिलगढी : सिलगढी पुलिस कमिश्नरेटका मुख्य कार्यालयमा त्रिपुरारी अथर्वले आज शुक्रबारदेखि सिलगढीको नयाँ पुलिस कमिश्नरको कार्यभार सम्हाले। सिलगढीका पूर्व कमिश्नर भरत लाल मीणाले तिनलाई उक्त कार्यभार सुम्पिदिए।


यसको साथै नव नियुक्त पुलिस कमिश्नरलाई सिलगढी पुलिस कमिश्नरेटको तर्फबाट गार्ड अफ अनरद्वारा सम्मान गरियो। तथापि, नवनियुक्त पुलिस कमिश्नर त्रिपुरारी अथर्वले पत्रकारहरूसँग कुनै अन्तर्वार्ता नगरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.