ट्रक दुर्घटनामा चालक घाइते

नक्सलबारी: नक्सलबारी थाना अन्तर्गत इण्डियन पेट्रोल पम्प नजिक एशियन हाईवे- 2 मा ट्रक दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा ट्रक चालक घाइते भएका छन्। तिनलाई तत्कालै उपचारको लागि अस्पतालमा लगिएको छ। प्राप्त जानकारी अनुसार इण्डियन पेट्रोल पम्प नजिक एउटा ट्रक अनियन्त्रित भएर दुर्घटनाग्रस्त हुँदा चालक घाइते भएको छ। स्थानीय मानिसहरूको सहयोगमा ट्रक चालकलाई नक्सलबारी ग्रामीण अस्पताल लगियो। पुलिस घटना स्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *