ट्रकसँग ठोक्किँदा बाईक आरोही दुईजना युवकको मृत्यु

जलपाईगढी : जलपाईगढ़ी लाटागुड़ी स्टेशनपाड़ा ईलाकामा ट्रक र बाइक ठोक्किँदा दुईजना युवकको मृत्यु भएको छ। मर्नेहरूमा 32 वर्षीय दिलिप राय अनि 35 वर्षीय सञ्जीत राय सामेल रहेको छ। ती दुवै युवक माल ब्लकको राजाडांगा ग्राम पञ्चायत अन्तर्गत पर्ने बारोघरिया निवासी रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार बुधबार दिउँसो दुवै युवक बाइकमा सवार भएर मयनागुड़ी तर्फ गइरहेका थिए। यसै अवधि स्टेशनपाड़ा इलाकामा विपरीत दिशाबाट आइरहेको एउटा ट्रकसँग बाइक ठोक्किएपछि ती दुवै बाइक सवारको मृत्यु भयो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर ती दुई युवकको शव उद्धार गर्नको साथै पोस्टमोर्टमको लागि जलपाईगढी सदर अस्पताल पठाएको छ। पुलिसले ट्रक र बाइकलाई आफ्नो नियन्त्रणमा लिएको छ। घटना पछि ट्रक चालकले चम्पट कसेको अनि पुलिस उक्त चालकको खोजीमा जुटेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.