उत्तरबङ्ग विश्वविद्यालयमा एसएफआईद्वारा धरना प्रदर्शनी

सिलगढी : उत्तरबङ्ग विश्वविद्यालयमा विभिन्न अनियमितताहरूको विरूद्ध बुधवार एसएफआई-ले विश्वविद्यालयको प्रशासनिक भवन अघि धरना प्रदर्शनी गरे। संगठनको तर्फबाट स्वच्छ भारत एवम् निर्मल बांग्लाको कुनै दृश्य नदेखेको आरोप लगाइएको छ। विश्वविद्यालयमा एउटा पनि स्यानिटरी प्याड वेन्डिङ्ग मशीन नभएकोले छात्राहरूलाई धेरै समस्या भइरहेको छ। यसबाहेक शौचालयमा साफ-सफाई नभएकोले सबै विद्यार्थीहरूलाई समस्या हुने गर्दछ। अन्य विभागको तुलनामा विश्वविद्यालयको ल डिपार्टमेन्ट-मा पुनर्मुल्याङ्कनको कुनै व्यवस्था छैन्। विश्वविद्यालयको क्यान्टिनमा राम्रो खाना नदिने गरेको पनि एसएफआई-ले आरोप लगाएको छ। यस सम्बन्धमा ल कलेजमा अध्ययनरत् एकजना छात्राले यी समस्याहरूबारे धेरैपल्ट सम्बन्धित विभागलाई जानकारी गराए तापनि कुनै समाधान नगरेको दावी गरेको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.