उत्तरबंगाल विकास मन्त्री घोषको घरअघि विरोध प्रदर्शनी

कुचबिहार : कृषकहरूको जमिन फिर्ता गर्ने माग गर्दै कुचबिहार उत्तर विधानसभा महिषबथान जमिन बचाऊ रक्षा कमिटीद्वारा सोमबार उतरबंगाल विकाश मन्त्री रवीन्द्रनाथ घोषको घर नजिक विरोध प्रदर्शनी गरे। महिषबथान इलाकामा कृषकहरूको लगभग 70 बीघा जमीन स्थानीय तृणमूल कांग्रेस नेता सुबल सरकार र सजल सरकारले मन्त्री रवीन्द्रनाथ घोषको सहयोगमा जबरजस्ती दखल गरेर उक्त ठाउँमा पार्क निर्माण गरिरहेको कृषकहरूले आरोप लगाएका छन्। यसैको विरोध जनाउँदै सोमबार मन्त्री घोषको घर नजिक कृषकहरूद्वारा विरोध प्रदर्शनी गरियो। स्थानीय जमिन रक्षा कमिटीको तर्फबाट दिपङ्कर देवले बताएअनुसार गत 2018 देखि सबैजना यस्तै परिस्थितिसँग जुझिरहे तापनि तिनीहरूले यसको विरोध गर्ने आँट जुटाउन सकेका थिएनन्। यस विषयलाई लिएर तिनीहरूले पुलिस प्रशासनदेखि लिएर सबैलाई लिखित रूपमा अवगत गराए तापनि कुनै पहल नगरेपछि अन्तमा बाध्य भएर तिनीहरूले आन्दोलन शुरू गरेको हो। अर्कोतिर, मन्त्री रवीन्द्रनाथ घोषले भाजपाका केही दुष्कृतिहरूले आफ्नो आवासअघि विक्षोभ प्रदर्शनी गरिरहेको आरोप लगाउँदै यदि जमीन दखल भएको छ भने यसबारे प्रशासनको सहयोग लिने बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.