पश्चिमबंग बस्ती उन्नयन समिति-द्वारा प्रशासक अशोक भट्टाचार्यलाई ज्ञापन

सिलगढी : विधवा भत्ता, वृद्ध भत्ता, जमिनको पट्टा लगायत अन्य विविध मागलाई लिएर पश्चिमबंग बस्ती उन्नयन समितिले आज सिलगढी नगरनिगम अघि विरोध प्रदर्शन गर्नको साथै प्रशासक अशोक भट्टाचार्यसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढायो। संगठनका सभापति दिलीप सिंहले गरिब मानिसहरूको हितको लागि उक्त संगठनले कार्य गरिरहेको बताए। नगरनिगमले गत केही महिनादेखि गरिब मानिसहरूलाई भत्ता प्रदान नगरेकोले गर्दा तिनीहरूले निक्कै समस्या भोगिरहेका छन्। यसैले चाँडै तिनीहरूलाई उक्त भत्ता प्रदान गर्नुपर्ने मागलाई लिएर आज आफूहरूद्वारा विरोध प्रदर्शन साथै ज्ञापन पत्र चढाएको तिनले बताए। अर्कोतिर, सिलगढी नगरनिगमले चाँडै भत्ता लगायत चामल दिने व्यवस्था गर्ने अशोक भट्टाचार्यले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *