उत्तर बंगाल मेडिकल कलेज-अस्पतालमा दलालहरू सक्रिय

सिलगढी : उत्तर बंगाल मेडिकल कलेज-अस्पतालमा दलालहरूको रगरगी रहेको रोगीहरू अनि तिनका परिवारका सदस्यहरूले आरोप लगाएका छन्। यस सम्बन्धमा मंगलबार बिहान रोगीहरूको परिवारका सदस्यहरूले अस्पताल अधीक्षकलाई दलालहरूको उपद्रवबारे अभियोग दर्ता गरेको छ।
तिनीहरूको भनाई अनुसार ब्लड विभागको कार्डको लागि रोगीहरू प्रत्येक बिहान लाइन लाग्ने गर्दछन्। 50-70 वटा कार्ड दिएपछि अस्पतालका कर्मचारीहरूले गन्ती अचानक 200 नम्बर कार्ड पुर्याउने गर्दछन्। यसबारे रोगीहरूका परिवारका सदस्यहरूले सोधखोज गर्दा तिनीहरूले 200 कार्ड प्रदान गरिसकेको भन्ने गर्दछन्। रोगीहरूका परिवारका सदस्यहरूले बीचको संख्याको सबै कार्डहरू दलालहरूलाई दिने गरेको आरोप लगाएका छन्। यस विषयलाई लिएर अस्पताल अधीक्षक कौशिक समाजदारले यस्तो हुन सम्भव नरहेको तरैपनि उक्त मामिलाबारे जाँच गरेर उचित कदम उठाउने आश्वासन दिएका छन्।


One thought on “उत्तर बंगाल मेडिकल कलेज-अस्पतालमा दलालहरू सक्रिय

  1. Suraj Tamang says:

    मान्छे को जिन्दगी अमुल्य छ र यस्तो अमुल्य जीवन को निम्ति पनि दलाल हरू ले ठगने र पैसाका लागि जीवन मरणको दोसाँधमा पैसा कमाउन कुकर्म गर्छ भने त्यो दलाल हरू माथि कड़ा भन्दा कड़ा सजय हुनुपर्छ ।।।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.