विनय तामाङले गरे रंगबुल र सोनादा क्षेत्रको परिभ्रमण

सोनादा : गोजमुमो अध्यक्ष विनय तामाङले मंगलबार पार्टीको सांगठनिक गतिविधि र बुथ कमिटी गठनको प्रक्रियालाई अनुमोदन गर्न रंगबुल र सोनादा क्षेत्रको परिभ्रमण गरे। अध्यक्ष विनय तामाङले रंगबुल धोतरिया रंगमुक समष्टि अन्तर्गत पर्ने रंगमुक सिडर्सलाई लिएर गठन गरिएको 8 वटा बुथ कमिटीलाई अनुमोदन गरेका छन्। त्यसरी नै तिनले सोनादा पचेङ समष्टिका विभिन्न क्षेत्रहरूमा गठन गरिएको बुथ कमिटीहरूलाई पनि अनुमोदन गरे।


बुथ कमिटीको अनुमोदन साथै पार्टीको सांगठनिक गतिविधि र क्रियाकलापलाई अघि बढ़ाएर लैजानलाई विनय तामाङले रंगबुल र सोनादाको नाली चाउरमा भएको पार्टीको सांगठनिक सभालाई पनि सम्बोधन गरे। तिनले यसबारे पत्रकारहरूलाई सम्बोधन गर्दै पहाड़मा तीनवटा विधान सभा समष्टि, 45 वटा समष्टिहरू र 9 सय 21 वटा बुथहरू रहेको जानकारी दिँदै पार्टीले जोनल र शाखा कमिटीलाई छोड़ेर अब बुथ स्तरीय कमिटी गठन गर्न लागिपरेको र यसै बुथ कमिटी गठनको प्रक्रियालाई अनुमोदन गर्न आफूले विभिन्न क्षेत्रहरूमा स्थलगत भ्रमण गरिरहेको र यसै आधारमा आज रंगबुल र सेनादा क्षेत्रमा आएको बताए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.