वर्षाको कारण सड़कको बेहाल अवस्था

लगातार परिरहेको पानीको कारण राजगञ्जको बन्धुनगर नजिक 31 नम्बर राष्ट्रिय राजमार्गको केही भागहरू भत्किएको छ। यसले गर्दा उक्त इलाकामा कुनै पनि समय ठूलो दुर्घटना हुनसक्ने आशंका रहेको स्थानीय मानिसहरूको भनाइ रहेको छ। स्मरण रहोस्, सड़कको बेहाल अवस्थाको कारण गत राति दुईजना व्यक्तिहरू दुर्घटनाको शिकार भएपछि हाल तिनीहरू अस्पतालमा उपचराधीन अवस्थामा छन्। स्थानीय मानिसहरूले सड़कको बेहाल अवस्थाबारे प्रसाशनलाई जानकारी गराए तापनि कुनै पहल नगरिएको तिनीहरूले आरोप लगाएका छन्। यसको साथै चाँड़ोभन्दा चाँड़ो उक्त सड़कको मरम्मति गरिदिने तिनीहरूले माग गरेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.