वर्षाले डवर्समा रेलवे लाइन क्षतिग्रस्त

भूटानको पार्वतीय क्षेत्र अनि डुवर्समा धेरै दिन अघिदेखि अविरल परिरहेको परिरहेको अधिक वर्षाको कारण नदीहरूको जलस्तर बढेर गएको छ। धुपगुड़ी अनि मालबाजार नगरपालिकाको धेरैवटा वार्डहरू जलमग्न भएको छ।यसकोसाथै पानी जमेकोले गर्दा मालबाजार रेलवे लाइन पनि क्षतिग्रस्त भएपछि ट्रेनहरूको मार्ग परिवर्तन गरिएको रेलवे सूत्रले जनाएको छ। तथापि रेलवे विभागद्वारा उक्त लाइनको मरम्मती कार्य शुरू गरेपछि शुक्रबार दिउँसोदेखि केही ट्रेनहरूको यातायात स्वभाविक बनेको बताइएको छ। यसरी नै अलिपुरद्वारदेखि एनजेपीसम्मको ट्रेन यातायात शुरू भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.