विङ कमान्डर अभिनन्दनको 51 स्क्वार्डनलाई सम्मानित गरिने

नयाँ दिल्ली : विङ कमान्डर अभिनन्दन वर्धमानको 51 स्क्वार्डनलाई भारतीय वायु सेनालेसम्मानित गर्ने निर्णय लिएको छ। तिनलाई वायुसेना प्रमुख राकेश कुमार सिंह भदौरियाले उक्त सम्मान दिने भएका छन्। स्क्वार्डनको तर्फबाट उक्त सम्मान कमान्डिङ अफिसर ग्रुप क्याप्टन सतीश पवारलाई दिइने भएको छ। स्मरण रहोस्, यस वर्ष गत 27 फरवरीको दिन पाकिस्तानको एरियल अट्याकमा वायुसेनाको 51 स्क्वार्डनले मोर्चा सम्हालेर छिमेकी देशको एफ-16 लड़ाकु विमानलाई ध्वंश पारेको थियो।


(इन्टरनेट फोटो)


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.