अधिक मात्रामा गाँजासहित दुई जना पक्राउ  

सिलगढ़ी: पुलिसले अभियान चलाएर भिन्न-भिन्नै ठाउँबाट अधिक मात्रामा गाँजासहित दुई जना युवकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गोप्य सुइँको थाहा पाएर बुधवार एनजेपी पुलिसले फूलबारीको पथेर साथी नजिक अभियान चलाउँदा 24 किलो 200 ग्राम गाँजासहित  सुदेव मोचारीलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति असमको कोकराझार निवासी हुन्। पक्रा परेको गाँजा तिनले असमबाट बिहारमा तस्करीको लागि ल्याइरहेका थिए। यसैगरी, आमबाड़ी पुलिसले शाहुडांगी इलाकाबाट 22 किलो 200 ग्राम गाँजासहित फणी सरकार नाम गरेको व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका दुवै आरोपीहरूलाई आज जलपाइगढी अदालतमा पेश गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *