सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ।
उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50 हजार रुपियाँ लुटिएको थियो। चार जना बदमाशहरू एउटा सेतो रंगको कारमा सवार भएर राति लगभग 3 बजे घटनास्थलमा आइपुगेका थिए र लुटपाट गरेका थिए।
त्यस घटनाको ठीक 5 दिनअघि, 13 जूनमा जलपाइगढीको मायानगुडीमा पनि एटीएम लुटको घटना भएको थियो, जसमा लगभग 45 लाख रुपियाँ लुटिएको थियो। उक्त मामिलामा पुलिसले 4 जना बदमाशलाई पक्राउ गरेर 15 लाख रुपियाँ उद्धार गरेको थियो। जाँचको क्रममा थाहा लागे अनुसार, उक्त गिरोहको अर्को समूह सिलगढीको लुटमा संलग्न थियो।
गहन जाँचको क्रममा हरियाणाको मेवात र नूँह जिल्लाका गिरोहहरू यस लुटपाटमा संलग्न रहेको पुलिसले जानकारी पाए। त्यसपछि प्रधान नगर थाना अन्तर्गत पुलिसको एउटा टोली हरियाणा पठाइयो, जहाँ स्थानीय पुलिसको सहयोगमा अभियान चलाएर मोहम्मद खुर्शीदलाई पक्राउ गरियो। खुर्शीदको बयानका आधारमा भक्तिनगर क्षेत्रबाट आज बिहान मोहम्मद इसराइल र जावेद खानलाई पनि पक्राउ गरिएको छ। उनीहरूको बाट लुटिएको लगभग 3 लाख रुपियाँ उद्धार गरिएको छ।
आज तीनै जना आरोपीलाई प्रधान नगर थाना पुलिसले सिलगढी अदालतमा पेस गरेर रिमाण्डमा लिएर थप जाँच गर्ने भएको छ।
यस सम्बन्धमा सिलगढी मेट्रोपोलिटन पुलिसका डेपुटी कमिश्नर विश्वचन्द्र ठाकुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्। डीसीपी-का भनाई अनुसार, एटीएम लुटपाटको योजना मेवाती गिरोहले बनाएको थियो, जुन विशेषगरी ग्यास कटरमार्फत एटीएम लुट्ने कार्यमा संलग्न रहन्छ। यस गिरोहका सदस्यलाई बाकायदा लुटपाटको तालिम दिइन्छ। पुलिसले सीडीआर, टावर लोकेसन तथा गोप्य सूचनाको आधारमा आरोपीहरूलाई पक्राउ गरेको हो। अब आरोपीहरूलाई पुलिस रिमाण्डमा लिएर सम्पूर्ण घटनाको विस्तृत जाँच अघि बढाइनेछ।
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
धेरै मात्रामा ब्राउन सुगर र लाखौं रुपियाँ नगदसहित एकजना युवक पक्राउ
सिलगढी, 15 जून (निसं): डीडी टोलीले धेरै मात्रामा ब्राउन सुगर र लाखौं रुपियाँ नगदसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम बप्पी सिंह (30) हो, उनी मतिगढा क्षेत्रका वासिन्दा हुन्। प्राप्त जानकारी अनुसार उक्त युवक स्कुटीमा ब्राउन सुगर डेलिभरी गर्न आएका थिए। डीडी टोलीलाई गोप्य सूचना प्राप्त भएपछि चाँदमुनि क्षेत्रमा अभियान चलाइएको थियो। अभियानको क्रममा स्कुटीमा आइरहेका युवकलाई…
