जङ्गलमा मरेको हात्ती उद्धार

अलीपुरद्वार: वनकर्मीहरूले अलीपुरद्वार जिल्लाको मदारीहाट-वीरपाड़ा ब्लकको दलमोड़ जंगलबाट एउटा मरेको अवस्थामा हात्ती उद्धार गरेको छ। उक्त फेला परेको हात्ती के कारणले मरेको हो भन्नेबारे हालसम्म थाहा नलागेको साथै उक्त हात्तीको शव जंगलमा नै पोस्टमार्टम गरिएको वन विभाग सूत्रले जनाएको छ। पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र हात्तीको मृत्युको सटीक कारण थाहा लाग्ने बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *